विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने

533
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितावपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँ सम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले बताए ।

जस मध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनिले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए । हाल सार्वजनिक निष्कासनमा बोर्ड बाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँ सम्म शुल्क लिन पाउने व्यवस्था थियो । जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यस भन्दा माथिको शुल्क सि-आश्व सदस्यलाई प्राप्त हुने व्यवस्था थियो ।

‘आईपीओ मा लगानी गर्ने लगानीकर्ताको संख्या ४/५ लाख बाट बढेर २५ लाख सम्म पुगिसक्यो, यस्तोमा लगानीकर्ताको वास्तविक मूल्यांकन गर्दै आईपीओ भर्दा लाग्ने शुल्क घटेको छ’ बोर्ड अध्यक्ष हमालले भने, ‘लगानिकर्ताको हितलाई हेरेर उनिहरूको लागि कसरी कम गर्न सकिन्छ भनेर लगानिकर्ताको पक्षमा निर्णय गर्न बोर्मा प्रस्ताव लगेको हो ।’ बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन बुझाएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports