विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन सिट बाँडफाँटको सहमति नजिक

663
shares

काठमाडौं ।सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुई वटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।

प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए । अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।

मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कार्यदलका एक सदस्यका अनुसार बारा क्षेत्र नम्बर १ कांग्रेसले पाउने भएको छ भने २ र ३ जसपाले लिनेछ । बारा ४ एकीकृत समाजवादीले पाउने छ । तनहुँ १ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेका एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानका लागि कांग्रेसले यो क्षेत्र छाडेको हो । पर्सा १ र २ जसपाको भागमा पर्ने निश्चित जस्तै छ । कांग्रेसले ४ पाएको छ । पर्सा ३ मा भने कांग्रेस र जसपा दुबैको दाबी छ ।

रौतहट १ एकीकृत समाजवादीले लिने छ । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बन्ने निश्चित जस्तै छ । रौतहट २ र ४ कांग्रेसले लिने भएको छ । रौतहट ३ मा सुरुमा माओवादी केन्द्रको दाबी थियो । तर अब जसपाले लिने सम्भावना बढेको कार्यदलका एक सदस्य बताउँछन् । सर्लाही १ जसपाले लिएको छ भने २ पनि उसले पाउने सम्भावना छ । यद्यपि यो क्षेत्रमा माओवादी केन्द्रको पनि दाबी छ । सर्लाही ३ माओवादीले लिने छ भने ४ कांग्रेसको भागमा परेको छ ।

महोत्तरीको १ माओवादी २, कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ र ४ जसपाले लिने लगभग सहमति जुटेको कार्यदलका एक सदस्य बताउँछन् । धनुषाको १ माओवादीले पाउने छ भने ४ कांग्रेसले । जसपाले २ र ३ मा दाबी गरेको छ । २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । सिरहा १ कांग्रेसले लिनेछ भने ४ मा जसपाको दावी छ । सिरहाकै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जसपा सँगै अरु दलको पनि दाबी छ । कार्यदलका एक सदस्य भन्छन्, ‘सिरहा २ बारे कांग्रेस र जसपा बीच र ३ मा जसपा र माओवादी बीच सहमति खोज्ने समझदारी भएको छ ।’

सप्तरी क्षेत्र नम्बर १ जसपा र ४ कांग्रेसले लिने सहमति भएको छ । २ जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो । यहाँ कांग्रेसले पनि दाबी गरेको छ भने क्षेत्र नम्बर ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । एक नेता भन्छन्, ‘सप्तरीको ४ क्षेत्र मध्ये कांग्रेसले २ र जसपाले २ लिने सम्भावना छ ।’ यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४/१५ सिट जसपाले पाउनेछ भने बाँकी १६/१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् ।

प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिट मध्ये ३०/३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् । कांग्रेसले २१/२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तल माथि र साटफेर हुनसक्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports