मंसिर ४ पछि पनि मुलुक संकटमा पर्न सक्छ
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १०:२१
shares

काठमाडौ । आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु सक्रिय भएका छन् । उनीहरुले आ आफ्नो तवरले चुनावी प्रक्रिया समेत सुरु गरिसकेका छन् ।
सत्तागठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाउनु परेको कारण सविधान बचाउन रहेको बताएका भएपनि वास्तविका भने त्यो होइन ।
सत्ता गठबन्धन बनाउनु परेको कारण भनेको जसरी भएपनि सत्ता हत्याउनु र शेरबहादुर देउवा र पुष्पकमल दाहाल आलोपालो प्रधानमन्त्री बन्नु नै मूल कारण हो ।
मंसिर ४ गतेको निर्वाचन परिणामले प्रधानमन्त्री बन्ने भन्ने निर्णय गर्नेछ । शेरबहादुर देउवा फेरी प्रधानमन्त्री बन्ने धुनमा लागेका छन् भने कांग्रेसले एक्लै बहुमत ल्याउन नसक्ने र त्यस्तो अवस्थामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर सरकार निर्माण गरी आलोपालो प्रधानमन्त्री बन्ने भित्री रणनीति र सहमति कांग्रेस र माओवादी बीचमा भएको नेपाली कांग्रेसका एक नेताले बताएका छन् ।
पुष्पकमल दाहाल त्यस्ता व्यक्ति हुन् उनले सत्ता हत्याउनका लागि जोसँग पनि जस्तोसुकै सहमति गर्न पछि पर्दैन । विगतको उनको भूमिका त्यस्तै देखिएको छ । कांग्रेसले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गर्न इन्कार गरेको खण्डमा दाहाल नेपाल अध्यक्ष केपी ओलीको शरणमा पर्ने निश्चित जस्तै रहेको छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण हुन सक्ने अवस्था आएमा दाहाल कांग्रेसलाई छोड्न तयार हुनेछन् ।
विगतमा पनि सरकार मै रहेका बेला दाहालले एमालेसँग सहकार्य गरेका थिए भने कांग्रेसको नेतृत्वको सरकारमा समेत माओवादी गएको र अहिले पनि ऊ सत्तामै रहेको छ । जेहोस् मंसिर ४ गतेको निर्वाचन परिणामपछि पनि मुलुकले स्थिरता नपाउने र पुष्पकमल दाहालकै कारण फेरी राजनीति संकट उत्पन्न हुन सक्ने सम्भावना प्रबल रहेको छ । दाहाल राजनीतिका अस्थिर पात्र भएकाले गर्दा मुलुक थप संकटमा पर्न सक्छ ।





































