kumari
stcnepal

ब्यालेट र बुलेट (गद्यकविता)

लक्ष्मीप्रसाद ढकाल

राजनीति विचार हो
राजनीति सिद्धान्त हो
राजनीति सेवा हो
तर आज राजनीति फोहोरी खेल बनेको छ
राजनीति व्यापार बनेको छ
त्यसैले, राजनीतिमा
ब्यालेट र बुलेट
बुलेट र ब्यालेट
सिद्धान्त नै फरक छ , फरक भएर पनि दुवै आवश्यक छ ।

राजनीति चेतना हो
राजनीति शक्ति हो
राजनीति रूपान्तर हो
राजनीति विकास हो
राजनीति परामर्श हो
त्यसैले ,राजनीतिमा
ब्यालेट र बुलेट
बुलेट र ब्यालेट
सिद्धान्त नै फरक छ , फरक भएर पनि दुवै आवश्यक छ ।
राजनीतिमा ब्यालेट र बुलेट दुवै आवश्यक छ
ब्यालेटले गर्न नसकेको काम बुलेटले गरेको छ
बुलेटले गर्न नसकेको काम ब्यालेटले गरेको छ
राजनीति संसारकै फोहोरी र स्वार्थी खेल हो
नगरौं भन्दा पनि गर्नै पर्ने राजनीति
त्यसैले , राजनीतिमा
ब्यालेट र बुलेट
बुलेट र ब्यालेट
सिद्धान्त फरक छ , फरक भएर पनि दुवै आवश्यक छ ।
८ समाप्त ८

footer