पाँच दलिय सत्ता गठबन्धनले चुनाव जिते मुलुक भ्रष्टाचारको दलदलमा फस्ने भएकाले एमालेलाई जिताउन आवश्यक छ : कमल थापा
वि.सं.२०७९ कात्तिक १६ बुधवार १६:३९
shares

हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ मंसिरमा हुने आम निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देश अस्थिरतामा र भ्रष्टाचारको दलदलमा फस्ने बताएका छन् ।
नेकपा एमाले बाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका थापाले पाँच दलीय गठबन्धन सत्तामा पुग्न र कुर्सिमा बस्न विदेशी सँग सहयोग मागिरहेको समेत बताए ।
बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा-५ ले गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रवादी पार्टी एमालेलाई नजिताए मुलुकको अर्थतन्त्र टाट पल्टिएर श्रीलंकको अवस्थामा पुग्ने दाबी गरे ।
थापाले आगामी मंसिर ४ गतेको निर्वाचन राष्ट्रवादी पार्टी एमाले र विदेशीहरुले खडा गरिएको गठबन्धनको अराजकता र कठपुतली सरकार बीच प्रतिस्पर्धा भएको बताउँदै राष्ट्रवादी पार्टी एमालेका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।





































