विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेस्रो नम्बरमा सिफारिस शर्मा सचिवमा बढुवा

702
shares

काठमाडौं ।सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाए सँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव रामआधार साह, विश्वबाबु पुडासैनी र शर्माको नाम सिफारिस गरेको थियो । जस अनुसार साह पहिलो नम्बर, पुडासैनी दोस्रो नम्बर र शर्मा तेस्रो नम्बरमा थिए । तर बढुवा हुँदा तेस्रो नम्बरमा शर्माले बाजी मारेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवमा कार्यरत शर्मालाई सचिव बनाउने प्रधानमन्त्री देउवा पत्नी आरजू राणाकै जोडबल रहेको बालुवाटार स्रोतले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports