आज पनि यि तिन प्रदेशमा हल्का बर्षाको सम्भावना
वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०७:३४
shares
काठमाडौं ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
राति पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।





































