विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुवास नेम्वाङले जनतासामु गरे दुई वाचा, ति के हुन ?

598
shares

इलाम ।नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदाता सामु दईवटा वाचा गरेका छन् । इलाम क्षेत्र नं २ मा गठबन्धन बाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग मुख्य प्रतिस्पर्धामा रहेका उनले चुनावीसभामा भने, ‘म धेरै आश्वासन बाँड्दिन, मात्र दुइटा कुरा भन्छु, पहिलो म तपाइँहरूको शीर निहुरिने काम कहिले गर्नेछैन र अर्को यस क्षेत्रका जनताको दुःख, अभाव र समस्यामा मलम लगाउन सधैँ हाजिर हुनेछु ।’

आफ्नो नेतृत्वमा संविधान जारी गरेर इलामे जनताको शीर उँचो बनाएको दाबी गर्दै उनले भने, ‘सदासर्वदा जुनसुकै काम गर्दा यहाँहरूलाई सम्झिएर काम गर्नेछु । यहाँका प्रत्येक समस्या समाधान गर्नेमा मेरो समर्थन रहनेछ ।’ नेम्वाङ पाँचाँै पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनले विसं २०५६ यता लगातार चुनाव जित्दै आएका छन् । गत निर्वाचनमा कांग्रेस उम्मेदवार केशव थापा करिब साढे नौ हजार मतान्तरले नेम्वाङ सँग पराजित भएका थिए । अगाडिका चार निर्वाचनमा सहज जित हासिल गरेका नेम्वाङ दुई पटक संविधानसभाको अध्यक्ष बने ।

उक्त क्षेत्र बाट गठन्धनका उम्मेदवार कांग्रेसका खड्का नेम्वाङ हराउने अभियानमा कस्सिएर लागेका छन् । इलामको पश्चिमी पालिकाहरूमा विद्युत् र सडकको पहुँच नपुगेको भन्दै मतदातामा निराशा देखिन्छ । खड्का सोही विषयलाई एजेन्डा बनाएर मतदाताको घरघरमा पुगिरहेका छन् । अर्कातिर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला भएका कारण पार्टी विभाजनको केही असर एमालेले खेप्नुपरेको छ । गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमाले र कांगेसको करिब बराबर जस्तै छ । उक्त चुनावमा वडाध्यक्षमा एमालेले पाएको मत ३२ हजार पाँच सय २७ हो भने कांग्रेसको पक्षमा ३२ हजार नौ सय ७८ मत प्राप्त थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) को दुई हजार ७१७, जसपाको ५५४, एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत छ । इलाम जिल्लाका लागि कूल मतदाता दुई लाख २४ हजार ४७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा १२९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं २ मा मात्र एक लाख चार हजार ९४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports