विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशन

663
shares

काठमाडौं ।निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ” भन्ने व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा ९१० मा ‘आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ’ भन्ने व्यवस्था छ । उपरोक्त व्यवस्था बमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए उक्त कार्यक्रम यथाशिघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन निर्देशन दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports