विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकपको आयोजना बाट कतारलाई अर्बौको घाटा हुनसक्छ

702
shares

काठमाडौं ।आइतबार बाट कतार विश्वकपको औपचारिक आयोजना हुँदैछ। कतारले प्रतियोगिता आयोजनाका लागि अर्बौँ डलर खर्च गरिसकेको छ। कतारले प्रतियोगिता आयोजनाका लागि २ सय २० विलियन डलर भन्दा बढी खर्च गरेको छ। जुन २०१० मा आयोजना भएको विश्वकप भन्दा ७ गुणा बढी हो। यति धेरै रकम खर्च गरेको कतारले विश्वकप आयोजनाका दौरान कति कमाउला? आयोजकको हैसियतमा कतारमा हुने सबै गतिविधिको पैसा कतारले पाउला? यसको सहज जवाफ कतारले विश्वकप आयोजना गरे सँगै ९० प्रतिशत भन्दा बढी घाटामा प्रतियोगिता सम्पन्न गर्नेछ। अर्थात कतारले विश्वकप आयोजना गरेर कमाउन सक्ने छैन।

प्रतियोगिता आयोजना हुँदा पाउने टिकट, स्पोन्सरसीप तथा ब्रोडकास्टिङ राइटको पैसा फिफाको खातामा जाने छ। त्यसो भए अर्बौँ डलर खर्चिएर कतारले के पाउला त? कतारले विश्वकप आयोजनाको एकमात्र उद्देश्य भनेको विश्वमा आफ्नो शक्ति देखाउनु हो। साथै कतारले आफ्नो वैभव र अरेबियन मुलुकको नाकबन्दीका बाबजुत विश्वकप आयोजना गरेर खाडी मुलुकमा आफू सर्वाधिक बलियो रहेको सन्देश दिएको छ। कतारको मुख्य उद्देश्य पनि खेलकुदको सर्वाधिक ठूलो इभेन्टको आयोजना गरेर राजनीतिक सन्देश दिनु नै हो।

विश्वकपमा आम्दानीका हिसाबले सर्वाधिक बढी पैसा आउने भनेको टिकट, स्पोन्सरसीप तथा ब्रोडकास्टिङ राइट बाट हो। तर यी सबै कुरा बाट कतारले एक रुपैयाँ पनि प्राप्त गर्ने छैन। तर कतारले केही आम्दानी भने गर्ने छ। उसले होटल बाट तथा सपिङ र मनोरञ्जन बाट पैसा उठाउने छ। तर यो रकम करिब १७ विलियन डलर बराबर मात्र हुने बताइएको छ। यसको अर्थ कतारले ९० प्रतिशत बढी लगानी उठाउन सक्ने छैन। तर उसले विश्वकपपछि टुरिजम मार्फत इकोनोमीमा नयाँ छलाङ मार्ने आश गरेको छ। विश्वकपकै लागि ८ नयाँ स्टेडियम सहित एक मनोरञ्जन सिटी बनाएको कतारका लागि विश्वकपपछिको अवस्था झनै महत्वपूर्ण हुनेछ।

तर कतारका लागि विश्वकपपछिको अवस्था पनि सोचे अनुरुप नहुने सम्भावना बढेको छ। विश्वकपअघि पर्यटकहरु केही बढ्नुपर्नेमा आँकडाले घटेको देखाएको छ। १९९८ को विश्वकप आयोजना गरेको फ्रान्समा पनि विश्वकप लगतै पर्यटनमा भारी गिरावट आएको थियो। ठूलो मात्रामा ट्राफिक जाम र अस्तव्यस्तताले पर्यटकहरु घटेका थिए। कतारमा पनि अवस्था त्यस्तै हुने सम्भावना रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports