सरकारको गैरजिम्मेवारीकै कारण मूल्यबृद्धि
वि.सं.२०८३ साउन २१ बिहीवार १०:५२
shares

काठमाडौ । गत चैत्र १३ गते गठन भएको रास्वपा नेतृत्वको झण्डै दुई तिहाीई नजिकको बालेन सरकार अहिले चौतर्फी आलोनाको पात्र बन्दै गएको छ । राजनीति सरगर्मीबीच महंगी, नियन्त्रण गर्न सरकारले कुनै चासो समेत देखाएको छैन । त्यही कारणले गर्दा उपभोक्ताहरु महंगीको मारमा परेका छन् । चामल, दाल, तेल, तरकारी लगायत उपभोग्य बस्तुहरुमा निरन्तर मूलयबृद्धि भइरहेको छ । ग्यासको अभाव सँधै भइरहेको छ । विजुली खपतमा मूल्यबृद्धि गरेपछि उपभोक्ता थप मारमा परेका छन् । विजुली खपत र राइड सेयरिङमार्फत हुने ढुवानीमा समेत सरकारले भ्याट लगाएको छ ।
बजारमा तरकारीको मूल्य आकाशिएको छ । दसैँ तिहार नजिकिँदै जाँदा पनि मूल्यबृद्धि हुने प्रवृत्ति बढेको छ । सरकारले वर्षाका कारण ढुवानी प्रभावित बन्दै, आएको बताउँदै आएको भएपनि त्यसैलाई आधार मानेर मूल्यबृद्धि भएको स्वीकार गर्न सकिने अवस्था देखिँदैन । व्यावसायीहरुले विभिन्न कारण देखाएर मूल्यबृद्धि गरिरहेका छन् भने बालेन सरकार भने मूल्यबृद्धि रोक्न असफल सावित भएको छ । पछिल्लो समयमा चामल दाल, तरकारी, फलफूल, खसीको मासु, कुखुराका मासु, अण्डा लगायत दैनिक उपभोगका बस्तुहरुको निरन्तर मूल्यबृद्धि हुनुपर्ने ठोस कारण देखिँदैन ।
सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण व्यापारीहरुले मनखुसी मूल्यबृद्धि गर्दै आएका छन् । अनुगमनको नाममा सरकारले झारा टार्ने, काममात्र गरिरहेको छ । प्रत्येक पसलैपिच्छे सामानको मूल्य फरक रहेको छ । विगत तिन महिनामा चामलको मूल्य प्रतिबोरा झण्डै ४ सय रुपैँयाले बढेको छ भने दुई महिना चीनीको मूल्य समेत २० रुपैँयाले बढेको छ । खाने तेल प्रतिलिटर ३ सय र अण्डाको मूल्य प्रतिक्रेट ६ सय सम्म पुगेको छ ।
व्यापारीहरुले भारतबाट धान खरिद गरेका त्यहाँ मूल्य बढेकाले चामलको मूल्य बढेको व्यापारीहरुले बताउँदै आएका भएपनि त्यसलाई पत्याईहाल्ने आधार भने देखिएको छैन । पेट्रोलियम पदार्थको मूल्य बढेकाले गर्दा ढुवानी भाडाले गर्दा मूल्य बृद्धि भएको व्यापारीहरुले बताउँदै आएका भएपनि सरकारी अनुगमनले मूल्यबृद्धि हुनुपर्ने ठोस कारण देखिएको छैन भन्दै आएका भएपनि मूल्यबृद्धि भएको छ ।
जनताले सुपथ मूल्यमा उपभोग्य सामान पाउन नसकेको र सरकारले बजार हस्तक्षेप गरी सुपथ मूल्यमा सामान उपलब्ध गराउनुको बदला बालेन सरकार जसरी भएपनि पुराना राजनीतिक दलका शिर्ष नेता र कार्यकर्ताहरुमाथि प्रतिशोध साँध्न मात्र सक्रिय भएकाले सरकारले बजार अनुगमन गर्न नसकेको फाइदा व्यापारीहरुले नै उठाउँदै आएका छन् । स्वदेशमै उत्पादित हुने बस्तुहरुको समेत मूल्यबृद्धि हुनुको पछाडि सरकारको असफलता र गैरजिम्मेवारीपन नै हो भन्ने आरोप उपभोक्ताहरुले सरकारमाथि लगाउन थालेका छन् ।




































