विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११ वटा बाणिज्य बैंकहरूले गरे लाभांश घोषणा, कुनले कति ?

637
shares

काठमाडौं ।गत आर्थिक वर्षको मुनाफा बाट बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरीरहेका छन् । वाणिज्य बैंकहरु मध्य हालसम्म ११ वटाले आर्थिक वर्ष २०७८।०७९ बाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेक हुन । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को मुनाफा बाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।

यस्तै, मेगा बैंकले पनि आफ्ना सेयधनीहरुलाई गत आवको मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिकको मुनाफा बाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो गरिमा विकास बैंकले बैंकले गत आर्थिक वषको मुनाफा बाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण भएको हो । उक्त निर्णय बैंकको कात्तिक २९ गते बसेको संचालक समितिले गरेको हो । यस्तै, सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट सेयरधनीहरुलाई सो लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो

कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको हो । गत आवको मुनाफबाट बैंकले आफना सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन । सानिमा बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद शेयर गरी कुल १३.६ प्रतिशत प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports