विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा

208
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो ।

यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ । विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ ।‘हाम्रो तयारी आजै सार्वजनिक गर्ने भन्ने हो, नभए भोलि बिहानसम्म हुनसक्छ,’ गभर्नर कार्यालयका एक कर्मचारी भन्छन् ।

राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठ पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउँछिन् र यद्यपि बैठकबाट पास भएपछि मात्रै कहिले सार्वजनिक हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports