विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निजामती कर्मचारीका युनियन तथा संगठनहरूलाई ३ दिनभित्रमा भवन खाली गर्न सरकारको निर्देशन

91
shares

काठमाडौं । सरकारले निजामती कर्मचारीहरू सम्बद्ध युनियन तथा संगठनका ८ भवन तथा अन्य संरचना खाली गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर तीन दिन भित्र भवन खाली गर्न निर्देशन दिएको हो।

मन्त्रालयले साविकका युनियन, संगठन, संघहरुले सरकारी जग्गा भोगाधिकार प्राप्त गरी सो जग्गामा निर्माण गरेको भवन तथा अन्य संरचना र बहालमा दिएको भए सो समेत ३ दिन भित्रमा पूर्ण रुपमा खाली गराउन निर्देशन दिएको छ ।खाली गराएर कागजात सम्पत्तिको जिम्मेवारी र भवनको तालाचाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन र समयसीमा भित्र खाली नगराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

सरकारको स्वामित्वमा रहेको जग्गाको भोगाधिकार प्राप्त गरी भवन तथा अन्य संरचना निर्माण गरी उपयोग गर्दै आएकोमा त्यस्ता ट्रेड युनियनहरुको निजामती सेवा ऐन बमोजिमको अस्तित्व समाप्त भएमा प्राप्त जग्गाको भोगाधिकार समाप्त हुने गरी निर्णय भएको सूचनामा जनाइएको छ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका पञ्जिकाधिकारीको २०८३ वैशाख २३ गतेको निर्णय बमोजिम राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज भएकोले उक्त सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन (दर्ता नं. ५७०), नेपाल मधेशी निजामती कर्मचारी मन्च (दर्ता नं. २३१), नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २२१), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल (दर्ता नं. ५२३), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नं. २७२) र मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४) लाई भवन खाली गर्न निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports