विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सासद अरूण चौधरी जेल चलान

702
shares

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनलाई आज जेल पठाइएको हो ।

२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरी सहित तीनजनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयन गर्न भन्दै प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुर बाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालत बाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् ।

उनी कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद चौधरीको पक्राउ सुनियोजित भएको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टा भित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने शुक्रबार चेतावनी दिएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports