सत्तारूढ गठबन्धन बाट नै राष्ट्रपति चुनिन्छ : एमाले नेता गुरूङ
वि.सं.२०७९ माघ २३ सोमवार ०८:३८
shares

काठमाडौं ।सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् । उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमती सत्तारुढ दलहरु बीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मी माझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।
उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’ उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेस लाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।





































