विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते बिश्वासको मत लिने, नागरिक उन्मुक्ती पार्टी मत दिन लचक

572
shares

कैलाली ।सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् । प्रदेश सभामुख भीम भण्डारीले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘अहिले यस विषयमा निर्णय भइसकेको छैन । तर, २५ गते विश्वासको मत लिने गरि कुरा भइरहेको छ ।’

मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी लचक भएको छ । टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो । अहिले सम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ ।

नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले पनि केही लचक भएको भन्दै केही दिनमा यस विषयमा ठोस निर्णय हुने जनाए । ‘हाम्रा माननीयहरूलाई फसाउने काम भएको छ तर, आजको सर्वोच्चको निर्णयले केही राहत भएको छ ’उनले भने ‘विश्वासको मत दिने बिषयमा केही दिन भित्र निर्णय गर्छौं ।’ पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports