पुष्पकमल दाहाल बिरूद्धको मुद्दाको पहिलो सुनुवाइ आज सर्बोच्चले गर्ने
वि.सं.२०७९ फागुन २५ बिहीवार ०८:५७
shares

काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
प्रचण्ड माथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गर्दै मंगलबार मुद्दा दायर भएको थियो ।
जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरण समेत २८ जना छन् ।




































