kumari
stcnepal

आईसीसी विश्वकप लिग २ : आज नेपाल र पपुवा न्युगिनी बिच खेल हुदै

काठमाडौं ।आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनी सँग प्रतिस्पर्धा गर्दै छ । त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिनी सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल सँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ। यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछ्याउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ। नेपालले मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

footer