linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस् : मिटरब्याज पीडित

728
shares

काठमाडौं ।काठमाडौंमा न्यायका लागि १७ दिन देखि संघर्षरत मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर न्याय मागेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सँग सामूहिक भेट गर्दै उनीहरूले धरधरी रुँदै न्याय मागेका हुन् ।पीडित मध्येका एक श्यामले आफूलाई मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बसेको बताउँदै प्रधानमन्त्री सामू धरधरी रोए ।

‘हामीलाई घरबाट निकाले, छोराछोरी पढ्न पाएनन्। आफ्नै घरमा भाडामा बस्नु परेको छ,’ उनले भक्कानिंदै भने, ‘प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस् ।’ सिराह मिर्चैयाकी बालिका गरिमा राईले २ लाख रुपैयाँको ब्याज ३५ लाख पुर्‍याएको सुनाइन् । सुजाता साह नामक पीडकले आफूहरुलाई मार्छु भनेर धम्की दिएकफ र पढाइ छाडेको गुसानो प्रधानमन्त्री सँग पोखिन् ।

‘म ६ महिना देखि स्कुल छोडेर बसेको छु, गाउँघरका थानाले हामीलाई सुरक्षा दिएन । त्यो किन राखेको ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् । एकपछि अर्का पीडित आफ्नो गुनासो प्रधानमन्त्रीलाई सुनाउँदै गर्दा प्रधानमन्त्रीका अगाडि बसेका अन्य पीडितहरु आँसु पछिरहेका थिए । पीडितको गुनासो सुनेपछि प्रधानमन्त्रीले सम्बोधन सुरु गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports