linktrix Long Ad
Salt Trading Long Ad

तीनै प्रतिष्ठानमा कुलपति सहित पदाधिकारी नियुत्त, कुन-कुन प्रतिष्ठानमा को-को ?

208
shares

सरकारले तीनै वटै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको नेतृत्वमा गठित समितिले गरेको सिफारिशका आधारमा प्रधानमन्त्री शाहले कुलपति र पदाधिकारी नियुक्त गरेका हुन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी र उपकुलपतिमा अविनाश श्रेष्ठ नियुक्त भएका छन् भने सदस्य सचिवमा रोशन शेरचन नियुक्त भएका छन्।यस्तै, परिषद् सदस्यहरूमा प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा र दुर्गाबहादुर घर्ती रहेका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा एरणा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगो र सदस्य सचिवमा कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन्। परिषद् सदस्यमा जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याल छन्।नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम र सदस्य सचिवमा भुपेन्द्रसिंह रायमाझी नियुक्त भएका छन्।

त्यस्तै, परिषद् सदस्यमा छेन्दोक हाङ राई, जीतबहादुर देउजा, सुविमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports