भारत बाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
वि.सं.२०७९ चैत १८ शनिवार १७:२१
shares

काठमाडौं । भारतीय आयल कार्पोरेशनले डिजेल पेट्रल र ग्यासको मूल्य घटाएर पठाएको छ । भारतबाट घटेर आएको मूल्य नेपालमा समायोजन गर्ने वा नगर्ने भन्ने विषयमा नेपाल आयल निगमले कुनै जानकारी दिएको छैन् । आज आएको नयाँ मूल्य अनुसार निगमलाई डिजेर र ग्यसामा बढी नाफा छ । मूल्य घटेर आएपछि अब ग्यसको घाटा ५ समय रुपैयाँमा सिमित हुने निगमले जनाएको छ ।
प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।
नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै यसको घाटा घटेर ५०० मा भरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउनेबारे निगमा चीन भ्रमणमा रहेका सचिव आएपनि निर्णय हुने जनाएको छ । उनी आज राती मात्रै नेपाल आइपुग्दैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नयाँ भएकाले पनि इन्धनको मूल्य घाएपनि समय लाग्ने देखिएको छ ।





































