मिटरब्याजी पिडित सँग वार्ता गर्न अर्को समिति फेरी गठन
वि.सं.२०७९ चैत २५ शनिवार ०७:२८
shares

काठमाडौं । गृहमन्त्रालयले मिटरब्याज पीडित सँग वार्ताका लागि अर्को पनि समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।
समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली र गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।




































