kumari
stcnepal

भारत विश्वमै बढी जनसंख्या भएको देश बन्यो,दोस्रोमा चीन

काठमाडौं । भारत विश्वको धेरै जनसंख्या भएको देशको सूचीमा परेको छ । यसअघि जनसंख्यामा विश्वमै बढी भएको देश चीनलाई भारतले उछिनेको हो । यी दुई देशबीच जनसंख्या थाेरै मात्रा फरक देखिएकाे छ । संयुक्त राष्ट्रसंघको बुधबार सार्वजनिक तथ्यांकअनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको उल्लेख छ । त्यस्तै चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको देखाइएको छ ।

यो राष्ट्रसंघको विश्व जनसंख्या ड्यासबोर्डको २०२३ को मध्यसम्मको अनुमानित आँकडा हो । चीनको उक्त जनसंख्यामा भने हङकङ र मकाउ तथा ताइवानलाई समावेश छैन । दुवै मुलुक एसियाको विशाल क्षेत्रफल भएको मुलुक हो । भारतको जनसंख्या युरोप, अफ्रिका वा अमेरिकाको पूरै जनसंख्या भन्दा पनि बढी हो ।

यता विश्वको कुल जनसंख्या वृद्धिदर भने सन् १९५० यता सुस्त बनेको छ । यसअघिको राष्ट्रसंघीय प्रक्षेपणले सन् २०३० मा साढे ८ अर्ब पुग्ने अनुमान गरिएको छ । गत वर्ष ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । सन् २०५० मा विश्व जनसंख्या ९ अर्ब ७० करोड पुग्ने अनुमान छ । सन् २०८० को दशकमा १० अर्ब ४० करोड पुग्ने र २१०० सम्म यही कायम रहने प्रक्षेपण गरिएको छ ।

footer