२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

के रास्वपा र बालेन सरकारप्रति जनताको विश्वास टुट्दै गएको हो ?

1.81K
shares

 

साउन १० गते राति सुनसरीको भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका अन्य स्थानमा फैलँदै गर्दा रास्वपाका सभापति रवि लामिछानले एकपछि अर्को राजनीति सम्वाद गर्न थालेका थिए । सभापति लामिछनको सक्रियतापछिमात्र प्रधानमन्त्री बालेन साहले समेत सम्वाद गर्न थालेका थिए । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले पूराना भनिएका राजनीतिक दलका शिर्ष नेताहरुप्रति लिएको प्रतिशोध र पूराना दलहरुलाई गरिएको व्यवहारले गर्दा साम्प्रदायिक तनाव फैलिएको स्थानमा पुराना दलका नेता र कार्यकर्ताहरु चुपचाप रहे । त्यही कारणले गर्दा लामिछने सक्रिय भएर सम्वादमा जुटेभने सभापति सम्वादमा जुटेपछि मात्र बालेन सरकारका आँखा खुलेका थिए । लामिछाने अघि अघि र प्रधानमन्त्री बालेपनपछि पछि सम्वादमा लागेका थिए । सभापति लामिछानेले तीन दिनमा कम्तिमा आधा दर्जन सामूहिक भेटघाट गरेभने त्यसैको सिको गर्दै प्रधानमन्त्री बालेन पनि उस्तै भेटघाट गरे ।
सुनसरी घटनामा सुरुदेखि नै प्रधानमन्त्री साह र गहृमन्त्री सुधन गुरुङको राजनीतिक र सामाजिक समाधान खोज्नुको बदला प्रहरी र सेना परिचालनबाट नियन्त्रयमा लिने उपायमा लागे । त्यही बेला लामिछाने सम्वादमा अग्रसर भएका थिए । यस्तो पहल प्रधानमन्त्री बालेनबाट नभएको भन्दै आलोचना हुन थालेपछि मात्र प्रधानमन्त्री बालेनले पनि लामिछानेको जस्तै प्रकृत्तिको सम्वाद सुरु गरेका थिए । सभापति लामिछानले घटनाको दोस्रो दिन मै विज्ञप्ति निकालेर संयम हुन सार्वजनिक आह्वान नै गरेका मात्र थिएनन त्यसको लगत्तै राजनीतिक र धार्मिक नेताहरुसँग बसेर समस्याको समाधानका उपाय खोज्न अग्रसर भएका थिए भने त्यसबेलासम्म प्रधानमन्त्री बालेन भने चुपचाप रहेर हेरिरहेका थिए । भुई तहमा जे देखियो त्यसमा प्रधानमन्त्री बालेन र सरकारले गम्भीरता नदेखाएको र पुरानै शासनशैली सुनसरीको घटना सन्दर्भमा देखिएको थियो । प्रधानमन्त्री र सरकारमा रहेकाहरुलाई हामीले जे पनि गर्छाैँ त्यही ठीक भन्ने मनोवृत्तिमा लागेका हुनाले सुनसरीको जस्तै घटना अन्यन्त्र तिर पनि पुगेको थियो । रवि र बालेनले गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रुप हो । त्यसको विऊ प्रधानमन्त्री बालेनले सपथ लिन अघि चैत्र १३ गते अघि नै रोपेका थिए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मा १० श्रावणको राति १० बजेतिर दुई धार्मिक समूहबीच झडप भएको थियो । त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा १ जनाको त्यही रात र अर्को १ जनाको उपचारको क्रममा गत विहिबार अर्थात श्रावण १४ गते निधन भएको थियो भने अन्य र स्थानीय र १३ जना सुरक्षाकर्मी घाइते भएका थिए । सुनसरीको घटनाबाटै तनाव तत्काल मत्थर पार्न नसकेको खण्डमा अन्यन्त्रपनि त्यसको प्रभाव पर्न सक्ने आंकलन सर्वत्रबाट भइरहेको थियो । तर सरकारका तर्फबाट तत्काल शान्ति सुरक्षा र धार्मिक सद्भाव कायम गर्न कुनै पहल सम्म गरिएन । रास्वपा सभापतिले श्रावण १२ गते अपरान्ह ५ बजेतिर सद्भाव कामय गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि मात्र करिब ५ घण्टा पछि प्रधानमन्त्री बालेनले यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । त्यसको लगत्तै घटनाबारे प्रधानमन्त्री कार्यालयबाट विज्ञप्ति जारी भयो । विज्ञप्तिमा सुनसरीको घटनाले समाज माडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्था आइपुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
प्रधानमन्त्री बालेनले घटनामा ज्यान गुमाएकालाई कानुन बमोजिम न्याय दिने क्षतिपूर्ति दिने र कसुरदारलाई कानुन बमोजिम कारबाही गरिने प्रतिवद्धता विज्ञप्तिमा जनाएका थिए । तर प्रधानमन्त्री बालेनले घटना भएको दिन अर्थात १० गते बेलुका नै विज्ञप्ति निकालेका भए त्यस्तो घटना अन्यन्त्र फैलिन सक्ने अवस्था थिएन । सरकारले घटनाको सुरु देखि नै प्रहरीलाई सजग गराएर आफ्नो उपस्थिति देखाएको भएपनि त्यहाँ पुग्दा उपस्थिति नै भएन । घटनामा सुरक्षाकर्मीले गोली प्रहार गरे । ज्यान गयो, घाते भए सुरक्षाकर्मीबाटै यस्तो क्षति हुुनु कुनै हालतमा पनि सामान्य हुन सक्दैन । यस्ता शब्द प्रयोग गरेर प्रधानमन्त्री बालेनले स्टाटस लेखेका र विज्ञप्ति नै जारी गरेका हुनाले यस्तो घटना कसरी घट्यो कसले घटायो भनेर त्यसको छानविन गरी दोषी देखिएका व्यक्तिहरुलाई कानुन बमोजिम कारबाही हुनुपर्दछ ।
रास्वपा सभापति लामिछाने विज्ञप्ति र प्रधानमन्त्री बालेनलको विज्ञप्तिपछि पनि सुनसरीको तनाव साम्य भएन । बरु सिराहा, धनुषा, पर्सा हुँदै मधेश प्रदेशका अन्य जिल्लामा पनि तनाव फैलिन थाल्यो । सुनसरी घटनाको भोलीपल्ट जिल्ला प्रशासन कार्यालयले कफ्र्यु जारी ग¥यो । त्यही दिन दिउँसो १ बजे नेपाली सेनाको बख्तरबन्द गाडी गस्तीमा निस्कियो । गृह मन्त्रालयले भने घटनाको छानविन गर्न गृहकै सहसचिवको नेतृत्वमा समिति गठन गरेको भएपनि त्यसले अरु त्रासमात्र देखाएर सरकार अघि बढ्न खोजेको र सरकारप्रति जनताको विश्वास टुटुदै गएको जस्तो देखिएको हो भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports