linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईको महाभियान सँग वार्ता गर्न सरकारले गठन गर्यो वार्ता टोली

143
shares

सरकारले आन्दोलनरत दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी छन्।

यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच छलफल भएको थियो।छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।

सरकारले महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्र ग्रहण गरेका थिए।छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहेका थिए।

लामो समयदेखि काठमाडौंमा लघुवित्त पीडितहरू आन्दोलनमा छन्। उनीहरूको पक्षमा प्रसाईंले आन्दोलन गर्ने बताउँदै आएका छन्। यसैबीच सरकारले प्रसाईंसँग छलफल गर्न टोली गठन गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports