विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्र शाहको वीरेन्द्रनगरमा सम्बोधन, कुरा धेरै काम थोरै भए पछिल्ला दुई दशकमा

715
shares

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताएका छन् । शनिवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यो दायित्वमा निरन्तर सङ्गठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताए । पूर्व राजा शाहले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताए ।

उनले भने- ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’ पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्था प्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए । देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताउँदै उनले भनेका छन्- ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था,शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’

पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए । उनले भने- ‘नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन ।’ शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु अपमान भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान– हाम्रो शान हो, आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो । त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ – त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छौँ ।’

उनले अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिएका छन् । पूर्व राजाले भनेका छन्- ‘त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अङ्गाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ । अब सोचौँ के गर्दा देशको राम्रो हुन्छ । अब सोचौँ के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो चाहिन्छ । नेपालको पिर मर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports