विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो सरकारको निति तथा कार्यक्रममा बोल्नुको कुनै अर्थ छैन : राप्रपा नेता एवम सासद बुद्धीमान तामाङ

533
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमको औचित्य नभएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे । ‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र ! केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो,” उनले भने, “अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर, जे भए पनि आफ्नो धर्म निभाउनैपर्‍यो !’

अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । तामाङले नीति तथा कार्यक्रमलाई उँटको संज्ञा दिँदै भने, ‘कहाँ पुग्ने, लक्ष्य र प्राथमिकता के हो भन्नेमा नै चरम अलमल र द्विविधा भएको कार्यक्रममा सत्ता साझेदारको कार्यक्रमलाई समेट्दा यता र उता मिलाउँदा मिलाउँदै उँट जस्तै बनेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports