kumari
stcnepal

यो सरकारको निति तथा कार्यक्रममा बोल्नुको कुनै अर्थ छैन : राप्रपा नेता एवम सासद बुद्धीमान तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमको औचित्य नभएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे । ‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र ! केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो,” उनले भने, “अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर, जे भए पनि आफ्नो धर्म निभाउनैपर्‍यो !’

अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । तामाङले नीति तथा कार्यक्रमलाई उँटको संज्ञा दिँदै भने, ‘कहाँ पुग्ने, लक्ष्य र प्राथमिकता के हो भन्नेमा नै चरम अलमल र द्विविधा भएको कार्यक्रममा सत्ता साझेदारको कार्यक्रमलाई समेट्दा यता र उता मिलाउँदा मिलाउँदै उँट जस्तै बनेको छ ।’

footer