kumari
stcnepal

नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले पठाएको पत्र राष्ट्रपतिको कार्यालयमा पुग्यो

काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शीतल निवासमै होल्डमा रहेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका लागि पत्राचार गरिसकिएको प्रधानमन्त्री प्रचण्डले शनिबारको संसद बैठकलाई जानकारी गराए ।

‘नागरिकता विधेयक बारे विगतको विवरण सहित क्याबिनेटले राष्ट्रपति समक्ष त्यसलाई प्रमाणीकरणका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । र, त्यो पत्र राष्ट्रपतिकोमा पुगेको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेर नागरिकता सम्बन्धी विगतमा हामीले जे दुबै सदन बाट पारित गरेर पठाएका थियौँ त्यो समस्याको यो पटक समाधान हुन्छ’, प्रचण्डले भने ।

footer