विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीच्छा प्रधानले जितिन मिस नेपाल वर्ल्ड– २०२३ को उपाधि

611
shares

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड–२०२३’को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा श्रीच्छा यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि जित्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’ र रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जिते । यस वर्ष अन्य १२ वटा सहविधामा पनि विजेता घोषणा गरिएको छ ।

‘मिस नेपाल’ विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन् । उनी वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउाँ रुचाउने २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधा समेत जितिन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports