kumari
stcnepal

श्रीच्छा प्रधानले जितिन मिस नेपाल वर्ल्ड– २०२३ को उपाधि

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड–२०२३’को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा श्रीच्छा यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि जित्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’ र रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जिते । यस वर्ष अन्य १२ वटा सहविधामा पनि विजेता घोषणा गरिएको छ ।

‘मिस नेपाल’ विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन् । उनी वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउाँ रुचाउने २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधा समेत जितिन् ।

 

footer