सिटीइभिटीको जिप सुनकोशीमा खस्यो, निर्देशक सहित ३ जना वेपता
वि.सं.२०८० जेठ १९ शुक्रवार १५:१८
shares

काठमाडौंबाट खोटाङ तर्फ गइरहेको जीप सुनकोसीमा खसेको छ । दुर्घटनामा एक जना घाइते र तीन जना बेपत्ता भएका छन् ।
मध्यपहाडी राजमार्गको गोलञ्जोर गाउँपालिका ७, लौकुनबाट जीप नदीमा खसेको प्रहरीले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को बा. १ झ ७४६७ नम्बरको जीपमा सवार प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल नदीमा बेपत्ता भएका छन् । दुर्घटनाग्रस्त जीपका चालक कृष्ण चौधरी सख्त घाइते भएको बताइएको छ ।





































