विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो तस्वीर आफै बोल्छ, यो पनि कुटनितिक मर्यादा भित्रै पर्दछ होला….

676
shares

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा कुटनीतिक मर्यादा र पदीय हैसियतको धज्जी उडाइएको पाइएको छ । हरेक स्थानमा प्रधानमन्त्री दाहालले छोरी गंगालाई अघि सारेपछि यस्तो अवस्था आएको हो ।

प्रधानमन्त्री दाहालले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँगको भेटको तस्विरले नै भ्रमणको क्रममा संबैधानिक हैसियत, कुटनीतिक मर्यादादेखि सवै कुराबाट च्यूत भएको देखाएको छ । तस्विरमा उपराष्ट्रपति धनखड सँग प्रधानमन्त्री दाहालको साटो उहाँकी स्वकीय सचिव रहनुभएकी छोरी गंगा रहनुभएको छ भने अर्काेतर्फ परराष्ट्रमन्त्री एनपी साउद रहनुभएको छ ।

तर प्रधानमन्त्री दाहाल भने छोरी भन्दा दायाँतिर बस्नुभएको छ । भ्रमणमा सहभागी एक मन्त्रीका अनुसार फोटो खिच्ने बेला गंगा कुदेर पिता र भारतीय राष्ट्रपतिको बीचमा उभिनु भएको हो । ती मन्त्रीका अनुसार गंगाको यो हर्कतले लाज पनि लजाएको अनुभुति भएको छ । सामाजिक सञ्जालमा गंगाको यो हर्कतको निकै आलोचना भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports