नेपाली भू- भाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपतिजनक रहेको छ : अध्यक्ष कमल थापा
वि.सं.२०८० जेठ २१ आइतवार ०७:०९
shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भू–भाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिभाज्य भू–भाग रहेको समेत बताएका छन् ।
‘लिम्पियाधुरा, कालापानी, सुस्ता नेपालको अविभाज्य भू–भाग हो । भारतले अनधिकृत रुपमा कब्जा गरिरहेको छ । यो विषय कुटनीतिक वार्ता बाट टुंग्याउनुपर्छ । संसद, दलहरु सँग परामर्श नगरी र जनताको सहमति बिना प्रधानमन्त्रीले नेपालको भू–भाग सट्टापट्टा गर्न सकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ,’ थापाले लेखेका छन् ।





































