विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेशम चौधरी रिहाई बिरूद्धको रिट न्यायाधिस सुष्मालता माथेमाको इजलासमा

598
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो । सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भएन ।कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसका दिन आममाफी दिँदै रिहाइ गरेको थियो।

घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले अदालतले दोषी ठहर गरेका चौधरीलाई आम माफी दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports