विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिपक्षी दलको अवरोध प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित

754
shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण, भारत सँगको सीमा विवाद लगायत विषयमा प्रधानमनत्रीको जवाफ माग गर्दै नेमपा एमाले, रास्वपा र राप्रपाका सांसदद्वारा संसद अवरुद्ध गरेका छन् । सांसदहरुले नारावाजी गर्दै संसद अवरुद्ध गरेपछि बैठक एक घण्टाका लागि स्थिगित भएको हो ।

आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेका थिए । बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संविधान पालना नगर्नेगरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डता माथि प्रश्न उठ्ने काम सरकारको तर्फबाट भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणिकरण गरेको निष्क्रिय बिधेयक रद्ध गर्न माग गरे ।

उनले एक साताभित्र नयाँ बियधेक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे । जेठ १२ गते मन्त्रीपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेर पठाएको र राष्ट्रपतिले पुरानो फाइल खोजेर किर्ते गरी असंवैधानिक काम गरेको एमालेको आरोप छ । त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जानु अगाडि नागरिकता विधेयक प्रमाणिकरण गरेर कसलाई खुसी बनाएको भन्दै प्रश्न गरेर प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

लगातारको आग्रह पछि पनि विपक्षी सानंसद्हरुले नाराबाजी गरिनै रहेपछि सभामुख घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports