हिसानको मेला विवाद बारे काठमाडौँ महानगरपालिकालाई उच्चअदालत पाटनले बोलायो
वि.सं.२०८० असार ५ मंगलवार ०७:०२
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला रोक लगाएको घटनामा उच्च अदालतले बुधबार दुबै पक्षलाई छलफलमा बोलाएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले ३२ जेठदेखि काठमाडौंको भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो । तर काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन नहुँदै कलेजको विज्ञापन गर्न नपाइने भन्दै मेलामा रोक लगाएको थियो ।
मेला रोक्ने महानगरपालिकाको निर्णय विरुद्ध हिसानले दिएको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले बुधबार दुबै पक्षलाई छलफलमा बोलाएको हो ।न्यायाधीश जगदीश घिमिरेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश भएको उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।



































