नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक

312
shares

सप्तरी । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ। त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३९० क्यूसेक मापन गरिएको थियो।पानीको बहाव खतराको तहनजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ।

साथै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports