नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्षाका कारण देशभर विपद्का ५८ वटा घटना

299
shares

काठमाडौँ । साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ ।

वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ ।पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएकी ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ घर भएका ७१ वर्षीय पर्शुराम परियारले ज्यान गुमाएका छन् ।

सर्पदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले  बताए । पछिल्लो २४ घण्टाको अवधिमा विपद्मा परेका १ जनाको प्रहरीले उद्धार गरेको छ । १३ जना घाइते भएका छन् । अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण २३ लाख ६६ हजार आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ ।

२०८३ वैशाख १ भन्दापछि विपद्का कारण १६८ जनाको मृत्यु भैसकेको छ । तीन महिनाको अवधिमा ९९४ जना घाइते भएका थिए । २ जना अझै बेपत्ता छन् । देशभर सो अवधिमा ३ हजार ४६३ विपद्का घटना भएका थिए । विपद्को कारण १ हजार १५ वटा चौपायाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports