नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा समूहको साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने घोषणा

351
shares

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने निर्णय गरेको बताएका हुन् ।

कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि सात महिना बितिसक्दा र अदालतको फैसला आएको चार महिना पुग्दा पनि कुनै सार्थक पहल नगरेको आरोप लगाउँदै देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्न भेला बोलाउने निर्णय गरेको विश्वकर्माले बताए ।पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित मोडमा गइरहेको र स्थापित दलहरूलाई कमजोर बनाउने खेल भइरहेका बेला पार्टीभित्र बलियो एकता कायम गर्नु अपरिहार्य भएको छ। नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।’

विज्ञप्तिमा संस्थापन पक्षले सहकर्मी दलहरूलाई समेत सार्वजनिक मञ्चहरूबाट चिढ्याउने खालका अभिव्यक्ति दिएर आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरूलाई कमजोर बनाएको आरोप लगाइएको छ।विश्वकर्माले राष्ट्रिय भेलाको निश्चित मिति, समय र स्थान यही श्रावण ६ गते आयोजना हुने जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा सार्वजनिक गरिने बताए । भेलाले पार्टीको आगामी नीति तथा भावी साङ्गठनिक रणनीति तय गर्ने विश्वकर्माले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports