नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले आलुप्याजमा कर लगाएर जनतालाई झुक्यायो : नेता कोइराला

832
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलुप्याजमा लगाएको करबारे जनतालाई झुक्याइएको बताए । काठमाडौंमा सोमबार भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताएका हुन् ।

उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभई महँगो हुने दाबी गरे । नेता कोइरालाले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलुप्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताए । नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलुप्याजमा लगाएको कर तत्काल संशोधन गर्न उनले माग गरे ।

सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले देशको कुरा गर्दा देशले बाटो बिराएको हो कि भन्ने आभास हुन्छ । लोकतन्त्र भन्नेबित्तिकै जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहीनताको अन्त्य भएन भने लोकतन्त्र सुदृढ हुन सक्दैन’, उनले भने, ‘हामी लोकतन्त्रका कुरा गर्छौं । नेपाली कांग्रेसमात्रै लोकतान्त्रिक पार्टी हो भनेर भनिरहेका छौं । तर, यो कुरामा खरो भएर नेपाली कांग्रेस उत्रन सकेन भने लोकतन्त्र सुदृढ हुन सक्दैन ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports