विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको ओलीको आरोप

546
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको बताएका हुन् । उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । … युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर… त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।

एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजीति सरु गरेको ओलीले बताए । ‘मैले प्रधानमन्त्रीलाई भनेँ यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरु मात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन ।’ सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् । ‘पार्लियामेन्टमा सुनकाण्डको विरोध गरेपछि अचानक हत्कडी लगाउन आयो । किन भन्दा उहिले तिमी विद्यार्थी हुँदा छेउको साथीको चिट चोरेका थियौं नि …!’ ओलीले भने ।

आफूहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गर्दा सरकारले नमान्नु रहस्यपूर्ण भएको ओलीले बताए । ‘उहाँहरु निष्पक्ष छानबिन समिति बनाउन मान्नुहुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्नुहुन्छ, त्यसोभए एयरपोर्टमा किन छानबिन गर्नुभएन’ ओलीले भने । उनले अगाडि भने, ‘निष्पक्ष छानिबिन समित बनाऔं, आयोग बनाऔं, त्यसले नभएको कुरा त ल्याउँदैन होला । ’ सरकारले निष्पक्ष छानबिन गर्न नदिएको मात्र नभई अहिले त सुन तस्करी विरुद्ध संसदमा आवाज पनि उठाउन नदिएको ओलीले बताए । ‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्ने वित्तिकै सत्तापक्ष उठेर हाहु-हाहु गर्न थाल्छ । सत्तापक्षले मात्र बोल्न पाउँछ, प्रतिपक्षले बोल्न पाउँदैन’, उनले भने । संसदको समय खेर फाल्नुहुन्न भन्नेमा आफूहरु सजग रहेको जिकिर गर्दै ओलीले भने, ‘तर चोर उम्काउन पनि भएन नि ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports