विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ : डा बाबुराम भट्टराई

611
shares

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार सुर्खेत आएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँ समेत पर्न नहुने उनको भनाइ छ । हाल चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकाल देखिका प्रकरणको आयोगले निष्पक्ष रुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

‘घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ’, डा भट्टराईले सुझाव दिए । ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports