विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जित्यो

689
shares

काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको एक/एक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो । जहाँ सुरुवाती ९ प्रहार गोलमा परिणत हुँदा सेभियाका नेमान्जा गुडेको प्रहार बारमा लागेको थियो । त्यसअघि युसुफ एन नेस्रीले २५औं मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए तर सिटीका कोल पाल्मरले ६३औं मिनेटमा बराबरी गोल फर्काए ।

पेनाल्टीसुटआउटमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरे । सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports