विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

किक्रेटर सन्दीप लामिछाने बिरुध्दको मुद्धाको आज अन्तिम सुनुवाइ हुंदै

611
shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (बिहीबार) अन्तिम सुनुवाइ हुँदैछ। विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको उक्त मुद्दाको पेसी आज पहिलो नम्बरमा रहेको छ।

बलात्कार आरोपमा मुद्धा खेपिरहेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । तर सन्दिपको मुद्धा यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला भन्ने अन्योलता कायमै रहेको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए । यसअघि क्षतिपूर्तिका विषयहरू उठाएर फाइनल बहस धकेलिएको कानुन व्यवसायी घिमिरेले बताए । अब क्षतिपूर्तिको विषय किनारा लागीसकेकाले अन्तिम सुनुवाइ स्थगित गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

आजको अन्तिम सुनुवाइ पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports