विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखी सन नेपाल इन्स्योरेन्सको आईपीओ बिक्रि खुला

1.39K
shares

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेको छ । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले खुला गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports