विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीले मिल्दा माओवादी सशस्त्र विद्रोहलाई महान् र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरे : घनश्याम भूसाल

650
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ओलीले मिल्दा माओवादी सशस्त्र विद्रोहलाई महान् र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको आफूलाई चित्त नबुझेको बताएका हुन् ।

महासचिव भुसालले भने, ‘खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले इतिहासको बारेमा जसरी बोल्छन्, स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला । त्यतिखेर चाहिँ महान् कुरा थियो भन्ने । जतिखेर मिलिँदैन, त्यतिखेर यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने । त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो र असाध्य घृणास्पद हो ।’

उनले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको समेत टिप्पणी गरे । उनले भने, ‘यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । वास्तवमा यो सोचेर ल्याउँदा खेरि एकदम उखुम हुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports