भारतीय प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की ?
वि.सं.२०८३ असार २१ आइतवार ०८:५६
shares

काठमाडौं । यही ९ जुलाईमा अष्ट्रेलिया भ्रमणमा निस्किन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणअघि ज्यान मार्ने धम्की आएको छ ।
भ्रमणअघि उनलाई ज्यान मार्ने धम्की आएको घटनापछि सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अष्ट्रेलियाको मेलबर्न सहरमा आयोजना हुन लागेको ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमको प्रचारका क्रममा सामाजिक सञ्जालको एक पोस्टमा उक्त धम्की आएको थियो ।
मोदीविरुद्धको ज्यान मार्ने धम्कीपछि अष्ट्रेलियाली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।द अष्ट्रेलिया टुडेको एक रिपोर्ट अनुसार उक्त धम्कीले दुवै देशका सुरक्षा निकायहरूमाझ चिन्ता बढाएको छ ।
यस विषयबारे जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै द अष्ट्रेलियाले जनाएअनुसार, अनुसन्धानकर्ताहरूले फेसबुक पोस्टमा टिप्पणी गर्ने व्यक्तिको आईपी ठेगाना पत्ता लगाएका छन् । उनीहरूले अहिले ती टिप्पणीकर्ताको पहिचान र त्यस पछाडिको उद्देश्यबारे अनुसन्धान गरिरहेका छन् ।






































