१५ वर्षीय वैभव सूर्यवंशीले तोडे सचिन तेन्दुलकरको ३७ वर्षको पुरानो ऐतिहासिक रेकर्ड
वि.सं.२०८३ असार २१ आइतवार ०९:०३
shares

काठमाडौं । १५ वर्षीय वैभव सूर्यवंशी भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा भारतीय क्रिकेटर बनेका छन् ।
उनले शनिबार १५ वर्ष ९९ दिनको उमेरमा इङ्गल्याण्डविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।
यो उपलब्धिसँगै वैभवले दिग्गज ब्याट्सम्यान सचिन तेन्दुलकरको ३७ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
सचिनले सन् १९८९ को नोभेम्बरमा १६ वर्ष २०५ दिनको उमेरमा पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । भारतीय क्रिकेटमा यो कीर्तिमान लामो समयसम्म कायम रहेको थियो तर अब वैभवले यसलाई आफ्नो नाममा लेखाएका छन् ।
वैभवले सचिनको मात्र नभई भारतीय महिला टोलीकी स्टार ब्याटर शफाली वर्माको कीर्तिमान पनि तोडेका छन् । शफालीले १५ वर्ष २३९ दिनको उमेरमा भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी थिइन् ।






































