विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

572
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा चलिरहेको छ । मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदन माथि छलफल जारी छ ।

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् । मंगलबारको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको थिए । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports