विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी कार्यान्वयनलाई लिएर विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्र सँग समेत सहकार्य तोड्ने सम्मको चेतावनी दिए

676
shares

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।

प्रचण्डलाई भेट्न बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर जवाफमा प्रधानमन्त्री प्रचण्डले एमसीसी कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।

‘एमसीसी कार्यान्वयन सम्बन्धमा जानकारी लिन महासचिव प्रधानमन्त्रीलाई भेट्न जानुभएको थियो । उहाँले कम्तीमा १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको एमसीसी कार्यालयबाट लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन नगर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो’, विप्लवको भनाइ उदृत गर्दै विरहीले भने, ‘जवाफमा प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्रीको निरिहता देखेर यथास्थितिमा माओवादी केन्द्रसँग सहकार्य हुन सक्दैन भनेर फर्किनुभयो ।’

एमसीसीलाई लिएर विप्लवले अन्य दलका नेताहरूलाई पनि भेट्ने तयारी गरेको उनले बताए । एमसीसीका विषयमा विप्लवले प्रचण्डसँग करिब २ घण्टा लामो भेटघाट गरेको बताइएको छ । यसैबीच आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले आज हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिए । एमसीसी कार्यान्वयन हुने दिन आज भएको र यसमा विप्लवको असन्तुष्टि समेत रहेको सन्दर्भमा कार्यक्रम नै स्थगित गरिएको बताइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports